२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा

काठमाडौँ — सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ । माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु माइतीघरमा भेला भएका छन् ।

सरकारले गुठी विधेयक फिर्ता लिए पनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा

बिहान ११ बजे माइतीघर मण्डलामा हुने भनिएको सभामा भाग लिनका लागि स्वत: स्फूर्त रुपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा ओहिरिएका छन् ।

नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नेवारी धुनको लयमा नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका हुन् । उनीहरुले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने खारेज नै हुनुपर्ने माग अघि सारेका छन् ।



प्रकाशित : असार ४, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?