१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अवैध रुपमा साउदी लैजान भइरहेको अन्तर्वार्तास्थलमा विभागको छापा

साउदी दूतावासका कर्मचारी भेटिए
होम कार्की

काठमाडौँ — वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नलिई हजको लागि नेपाली कामदारलाई साउदी अरब लैजान भन्दै अन्तर्वार्ता भइरहेको काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार छापा मारेको छ ।

अवैध रुपमा साउदी लैजान भइरहेको अन्तर्वार्तास्थलमा विभागको छापा

अन्तर्वार्तास्थलमा काठमाडौंस्थित साउदी दूतावासका कर्मचारी, कम्पनीका ४ जना प्रतिनिधि र म्यानपावर सञ्चालक थिए ।


सिनामंगलको मिता म्यानपावरले ११ सय कामदार पठाउन अन्तर्वार्ता गरिरहेको थियो । ‘तीन महिनाको लागि साउदी लैजान लागिएको प्रारम्भिक छानविनमा देखिएको छ । त्यस म्यानपावरलाई यति धेरै कामदार लैजान अनुमति दिइएको छैन,’ विभागका एक कर्मचारीले भने, ‘सञ्चालकलाई २४ घण्टाभित्र विभागमा हाजिर हुन बोलाएका छौं ।’


टोलीले दूतावासका कर्मचारी, कम्पनीका प्रतिनिधिलाई छोडिदिएको छ । छापापछि अन्तर्वार्ता रोकिएको छ । म्यानपावरलाई एसजीएस कम्पनीमा ५३ जना कामदारलाई पठाउन मात्रै स्वीकृति दिइएको छ ।


कामदारलाई ६० हजार रुपैयाँसम्म तलब दिने भन्दै अन्तर्वार्तामा बोलाइएको थियो ।

प्रकाशित : असार ४, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?