कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्रस्तावित चार राजदूतविरुद्ध उजुरी आहवान

काठमाडौँ — संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ प्रक्रिया सुरु गरेको छ । समितिको बुधबार बसेको बैठकले चारै जनाविरुद्ध १० दिनभित्र उजुरी दिन आहवान गरेको छ ।

मन्त्रिपरिषदको जेठ २३ मा बसेको बैठकले महेश दाहाललाई अस्ट्रेलिया, नारद भारद्वाजलाई कतार, दावाफुटी शेर्पालाई स्पेन र वंशीधर मिश्रलाई बंगलादेशको राजदूत सिफारिस गरी सुनुवाइका लागि संसद् सचिवालयमा नाम पठाएको थियो । असार १५ गते बस्ने बैठकले प्रस्तावित राजदूतहरूविरुद्ध असार १४ भित्र पर्ने उजुरीको अध्ययन गर्नेछ । समितिले त्यसको भोलिपल्ट उजुरीकर्ताहरूलाई बोलाएर उजुरीबारे छलफल गर्नेछ ।


प्रस्तावित चारै जनालाई बोलाएर उनीहरूको दायित्व र भावी योजनाबारे प्रस्तुति सुन्नुका साथै उजुरीका बारेमा सवाल–जवाफ गरेपछि समितिले अनुमोदन गर्ने/नगर्ने निर्णय गर्नेछ ।


सरकारले सिफारिस गरेका चारै जना कूटनीतिक अनुभव नभएका व्यक्ति हुन् । कूटनीतिक वृत्तमा राजदूतको सिफारिस मापदण्डविपरीत भएको आवाजसमेत उठिरहेको छ । सत्तारूढ नेकपाकै कतिपय नेताले राजदूतको सिफारिस समावेशी नभएको र कूटनीतिक अनुभव नभएका व्यक्तिसमेत छनोटमा परेकामा असन्तुष्टि प्रकट गर्दै आएका छन् ।

प्रकाशित : असार ४, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?