२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जनकपुरका तीन होटलमा आगलागी

सन्तोष सिंह

जनकपुर — जनकपुरको कदम चोकस्थित होटलमा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी हुँदा तीन होटलमा क्षति भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२ कदमचोकस्थित गोविन्द मिष्ठान भण्डार (बाबाजीको होटल) र छेउमै रहेका दुई होटल समेत गरी ३ होटल जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

जनकपुरका तीन होटलमा आगलागी

होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर बिस्फोट भएर आगो लागेको प्रहरीले जनाएको छ ।


बिहीबार विहान करिब ३ बजे ग्यास सिलिण्डर विस्फोट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागीबाट करीब ६० लाख भन्दा बढीको क्षति भएको छ ।


पहिले एक सिलिण्डर बिस्फोट भएपछि आगो लागेको त्यसपछि निरन्तर रुपमा केही मिनेटको अन्तरालमा सिलिण्डरहरु बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


आगलगी भए लगत्तै जनकपुरधाम उपमहानगरपालिकाक र क्षिरेश्वर नगरापलिकाबाट आएको बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र सेनाले आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ५, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?