२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मलेसियासँगको श्रम सम्झौता कार्यान्वयन गर्न संयुक्त प्राविधिक टोलीको बैठक बस्ने सहमति

काठमाडौँ — नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गराउन एक महिनाभित्र उच्चस्तरीय संयुक्त प्राविधिक टोलीको बैठक हुने भएको छ ।

मलेसियासँगको श्रम सम्झौता कार्यान्वयन गर्न संयुक्त प्राविधिक टोलीको बैठक बस्ने सहमति

अन्तराष्ट्रिय श्रम संगठन (आइएलो)को शतवार्षिकी सभामा सहभागी हुन जेनेभामा आइपुगेका मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरन र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब महेशप्रसाद दाहालबीच भएको शिष्टाचार भेटमा प्राविधिक टोलीको बैठक गर्ने सहमति भएको हो ।


शतवार्षिकीको अन्त्यतिर मलेसियाको सम्बोधन गर्ने समय रहेकोले सेगरनको टोली जेनेभा पुगेका थिए । महासभामा सम्बोधन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट स्वदेश फिर्किसकेकोले सेगरनसँग भेट हुन सकेन ।


‘श्रम सम्झौता कार्यान्वयन गर्न केही प्राविधिक जटिलता देखिएको छ । त्यसलाई फुकाउनको लागि प्रविधिक बैठक बस्नुपरेको हो । अहिलेसम्म दुवैतर्फबाट सम्झौतालाई कार्यान्वयन गर्न भइरहेको तयारीको पनि समीक्षा गर्न जरुरी छ’, मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले कान्तिपुरलाई भने–‘यसलाई छिटो कार्यान्वयन गर्न मलेसिया पनि तयार छ । अहिलेसम्म जेजस्तो तयारी भयो । त्यसमा सौहर्दापूर्ण वातावरणमा छलफल भयो ।’


मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको १३ महिना पुगेको छ । गत कार्तिक १२ गते श्रम सम्झौता भएपछि पहिलो प्राविधिक बैठक बसेको थियो । श्रम सम्झौतालाई कार्यान्वयन गराउनको लागि पहिलो प्राविधिक बैठकले ढाँचा बनाएको थियो । जसमा निकै ढिलो गरी तयारी भइरहेकोले मलेसियामा नयाँ नेपाली कामदार जान रोकिएको हो ।

प्रकाशित : असार ५, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?