१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्लाहीको लालबन्दीमा प्रहरी र चन्द कार्यकर्ताबीच गोली हानाहान, जिल्ला इञ्चार्जको मृत्यु

जनकराज सापकोटा

काठमाडौँ — सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दीमा प्रहरी र चन्द कार्यकर्ताबीच गोली हानाहान, जिल्ला इञ्चार्जको मृत्यु

नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार लालबन्दीबाट लखनदेही जंगलहुँदै सिन्धुलीतर्फ दुईवटा मोटरसाइलमा सवार भएर गइरहेका ४ जनालाई प्रहरी रोक्न खोज्दा झडप भएको हो । उनीहरुले प्रहरी माथि गोली चलाउन थालेपछि प्रहरीले पनि जवाफी कारवाही गरेको उनले दाबी गरे ।


उनको अनुसार मृतक कुमार पौडेलका साथबाट सिक्सर रिवल्भर भेटिएको छ भने ३ जना ज‌ंगलतर्फ भागेका छन् ।

प्रकाशित : असार ५, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?