कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खाद्य प्रविधिको भ्यान खरिदमा अनियमितता, विभागका महानिर्देशक कर्णसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ — मोबाइल भ्यान प्रयोगशाला खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

खाद्य प्रविधिको भ्यान खरिदमा अनियमितता, विभागका महानिर्देशक कर्णसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।


अख्तियारले महानिर्देशक कर्णसहित विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बाला राम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेललाई पनि मुद्दा दायर गरेको हो । त्यस्तै प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रवीण कुँवरलाई पनि प्रतिवादी बनाइएको छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको अख्तियारको आरोप हो । मोबाइल भ्यानहरू कार्यालयमा दाखिला नगरी भुक्तानी गरिएको र त्यसक्रममा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ ।


खाद्यान्नको गुणस्तर अनुसन्धानको क्रममा प्रयोग हुने ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइल भ्यान’ खरिदमा कमिसन खाई 0रकम भुक्तानी गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएका चार थान ‘वेल इक्विपमेन्ट ल्यावोटरी मोबाइलभ्यान’ प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादी, काठमाडौंले आपूर्ति गरेको थियो ।


अनुसन्धानको क्रममा भ्यान र त्यसका विभिन्न सरसमान, उपकरण तथा रसायनहरूसमेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसनअनुसार नभेटिएको अख्तियार स्रोतले बतायो । परीक्षणका क्रममा गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेत पेस भएको थियो । त्यसलाई बेवास्ता गरी सप्लायर्ससँगको मिलेमतोमा भुक्तानी भएको अख्तियारको दाबी छ । अनुसन्धानका क्रममा दुई पटकमा गरी १२ करोड ४० लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष अख्तियारले निकालेको थियो ।


को सँग कति बिगो माग दाबी ?

महानिर्देशक सञ्जिवकुमार कर्ण - १२ करोड ४० लाख

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती- १२ करोड ४० लाख

लेखापाल रविता श्रेष्ठ- १२ करोड ४० लाख

नायव सुब्बा गुरुदत्त गौतम- १२ करोड ४० लाख

प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाका व्यवस्थापन इकाइ,

खुमलटारका लेखाका उपसचिव गणेश प्रसाद चालिसे- १२ करोड ४० लाख

लेखापाल बालाराम पोखरेल- १२ करोड ४० लाख

शाखा अधिकृत भागीरथ आचार्य- ४ करोड १३ लाख

परियोजना निर्देशक हरिप्रसाद घिमिरे- ८ करोड २६ लाख

वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारी- ८ करोड २६ लाख

वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई- ८ करोड २६ लाख

परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल- ४ करोड १३ लाख

वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल- ४ करोड १३ लाख

भ्यान सप्लाई गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका

आधिकारिक प्रतिनिधि प्रवीण कुँवर- २४ करोड ८० लाख

यो पनि --

ल्याबोरेटरी भ्यान खरिदमा अनियमितता

प्रकाशित : असार ५, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?