कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुख्खा बन्दरगाह हस्तान्तरण 

अनिश तिवारी

सिन्धुपाल्चोक — चीनको आर्थिक तथा प्राविधिक सहयोगमा लार्चामा निर्माणाधिन अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाह बिहीबार हस्स्तान्तरण गरिएको छ । नेपालतर्फका तातोपानी भन्सार, अध्यागमनदेखि सुरक्षाकर्मीको समूहलाई चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी (सीआरसीसी)ले साँचो बुझाउँदै अत्याधुनिक बन्दरगाह व्यापारार्थ नेपाललाई सुम्पिएको हो ।

सुख्खा बन्दरगाह हस्तान्तरण 

तातोपानी नाका खुलेसँगै आएका ऊनलाई व्यवस्थापन गर्न सीआरसीसीले सुख्खा बन्दरगाह हालै सञ्चालनको लागि हस्तान्तरण गरेको हो । नेपालबाट झन्डै एकसय ८२ प्रकारको सामाग्री जसमा मुढा, खाद्यान्न, गलैँचा, हृयाण्डिक्राफ्ट लगायतका सामाग्री चीनको ल्हासा पुग्ने सहमति भएको छ भने चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक,गारमेट, कपडाजस्ता सयौँ प्रकारको सामाग्री आयात हुनेछ । तत्कालै भने ऊन मात्रै ल्याएर नाका चलाइएपनि दसैँताका मात्रै व्यापार चल्ने जनप्रतिनिधिले बताएका छन् ।


२०६९ सालमा सुरु भएको बन्दरगाहको निर्माण भूकम्पपछि रोकिएको थियो । चिनियाँ प्राविधिक हु जी गोका अनुसार सुख्खा बन्दरगाहभित्रको केही प्राविधिक सामाग्री जडान बाहेक सबै काम सकिएको छ । मितेरी पुलदेखि करिब ५ किलोमिटर पश्चिम भोटेकोसी गाउँपालिका–३ स्थित लार्चामा बनिरहेको बन्दरगाहमा एकसय ५८ वटा ठुला मालवाहक कन्टेनर जाँच गर्न सकिनेछ ।


बन्दरगाहमा ६० देखि सय मेट्रिक टन बोकेको मालवाहक कन्टेनर एकैपटक तौलिने यन्त्र जडान भएको छ । भन्सार परिसरको कर्भड हल, बगैँचा, घेराबन्दी पर्खाल, जाँचपास कक्षसम्बन्धी काम सकेर अहिले नेटवर्क, बिजुली प्रविधि जोड्ने काम भइरहेको उनले जानकारी दिए ।


अरनिको राजमार्गबाट बन्दरगाह जोड्ने भोटेकोसी करिब ३५ मिटर लामो सुविधाजनक मोटरवेल पुल तयारी अवस्थामा छ । ‘चिनियाँ प्राविधिकका अनुसार सीमावर्ती गाउँ दुगुनागढी जोड्ने यो मोटरवेल पुल एसियाकै नमुना डिजाइनमा निर्माण भएको छ, यहाँको कन्टेनर, जाँचपास गेट सबै अत्याधुनिक ‘रिमोट सिस्टम’ जडान गरिएको छ,’ सीआरसीसीका हुको भनाई उद्धृत गर्दै भोटेकोसी गाउँपालिका–३ का अध्यक्ष कैलाश पौडेलले भने ।


बन्दरगाह छेउमा बग्ने खोल्सा र माथिल्लो बग्ने जोखिमयुक्त पहिरोलाई नियन्त्रण गर्दै ७ एक्साभेटर, १० वटा टिपरबाट कामलाई चाँडै सकाइएको उनले सुनाए । भित्री संरचना व्यवस्थित तरिकाले निर्माण गरिएकाले आकर्षक दीर्घकालीन प्रयोग ल्याउन सकिने उनले प्रष्ट्याए ।

प्रकाशित : असार ५, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?