कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीनले सवा दुई अर्बको सैन्य सामग्री सहयोग गर्ने

प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता

काठमाडौँ — चीनले नेपाली सेनालाई १५ करोड युआन (करिब २ अर्ब ४० करोड रुपैयाँ) बराबरको सैन्य सामग्री सहयोग गर्ने भएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई मानवीय सहायता तथा विपद् व्यवस्थापन सहयोगअन्तर्गत १५ करोड युआन बराबरका सामग्री तथा सवारी साधन प्रदान गर्नेछ ।

चीनले सवा दुई अर्बको सैन्य सामग्री सहयोग गर्ने

चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार चीनको केन्द्रीय सैन्य परिषदका सदस्य तथा प्रधानसेनापति लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।त्यही क्रममा थापा र चिनियाँ समकक्षीबीच बुधबार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको जानकारी नेपाली सेनाले दिएको छ ।


त्यसअघि बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको हेडक्वार्टरमा प्रधानसेनापति थापाको सम्मानमा चिनियाँ सेनाले सम्मान गारत अर्पण गरेको थियो । थापाले बुधबार नै चिनियाँ जनमुक्ति सेनाका विभिन्न सैनिक संरचनाको निरीक्षण भ्रमण गरे ।


असार १ देखि चीन भ्रमणमा रहेका प्रधानसेनापति थापा असार ७ मा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित : असार ५, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?