२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

लागूऔषध विरुद्ध साताव्यापी कार्यक्रम

काठमाडौँ — गृह मन्त्रालयले लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध साताव्यापी कार्यक्रम सुरु गरेको छ । बुधबारदेखि सुरु भएको कार्यक्रम असार ११ सम्म चल्नेछ ।

गृहले सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गृहले एक सातामा २६ वटा कार्यक्रम गर्ने जनाएको छ ।


गृह मन्त्रालयका अनुसार बर्सेनि ११.३६ प्रतिशतले लागूऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । कुल अपराधमध्ये ७ प्रतिशत अपराध लागूऔषधसँग सम्बन्धित छन् । डेढ लाखभन्दा धेरै युवा लागूऔषध कुलतमा फसेका छन् ।

प्रकाशित : असार ५, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?