‘कांग्रेसले संसदीय मर्यादा नाघ्यो’

काठमाडौँ — प्रतिनिधिसभामा सत्तपक्षका सांसदले सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएकामा प्रमुख प्रतिपक्षी कांग्रेसको आलोचना गरेका छन् । त्यही विषयलाई लिएर बिहीबार सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच घोचपेचसमेत भएको थियो । उनीहरूले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिएर संसदीय मर्यादा नाघेको आरोप लगाए । 

‘कांग्रेसले संसदीय मर्यादा नाघ्यो’

सत्तापक्षीय सांसदहरूले प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले बेलायतमा पढे पनि त्यहाँबाट संसदीय परिपाटी सिक्न नसिकेको आरोप लगाए । सत्तापक्षका सांसद योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई बोल्न नदिएको प्रसंग जोडै सदनमा दुःखद घटना देख्नुपरेको बताए । उनले प्रतिपक्षको व्यवहारले संसदलाई अराजकतातिर लैजान लागेको आरोप लगाए ।


भट्टराईले प्रतिपक्षले सभामुखको निर्देशन नमानेर संसदीय मर्यादा घटाउने काम गरेको बताए । ‘कम्युनिस्टले मात्र संविधान र संसदीय निर्देशिका पालना गर्नुपर्ने हो र ?’ उनले भने, ‘प्रधानमन्त्रीले बोल्न चाहेका बेला संसदमा बोल्न नपाउने यो कस्तो संसदीय मर्यादा हो ?’ उनले संविधान नमाने पनि संसारले पार्टीलाई प्रजातन्त्रवादीको श्रीपेच भिराएको छ भन्ने सोच कांग्रेसमा रहेको बताए । सत्ताक्षकै सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीले आफ्नो विचार राख्न खोज्दा नदिएको भन्दै प्रतिपक्षलाई प्रतिनिधिसभाको नियमावली ख्याल गर्न आग्रह गरे ।


प्रकाशित : असार ५, २०७६ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?