सञ्चारमन्त्रीको चुनौती- 'मैले गुठीबारे बोल्दा कतै सामन्तवाद भनेको रहेछु भने प्रमाण ल्याउनुहोस्'

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गुठी विधेयकबारे आफूले 'सामन्तवाद' भन्दै नभनेको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६/७७ अन्तर्गत मन्त्रालयगत छलफलमा  सांसदले उठाए प्रश्नको जवाफ दिने क्रम मन्त्री बाँस्कोटाले आफूले सामन्तवाद भनेको भए प्रमाण ल्याउन चुनौती दिए । 

सञ्चारमन्त्रीको चुनौती- 'मैले गुठीबारे बोल्दा कतै सामन्तवाद भनेको रहेछु भने प्रमाण ल्याउनुहोस्'

प्रतिपक्षी सांसद डिला संग्रौलाले गुठीमा अझै सामान्तवाद भनेको भन्दै मन्त्री बाँस्कोटासँग जवाफ माग गरेकी थिइन् । संग्रौलाको जवाफ दिँदै मन्त्री बाँस्कोटाले भने, 'आरोप लगाइरहन पाइन्छ । तर त्यसको पनि पुष्टि गर्नुपर्छ ।'


सांसदहरुले उठाएका प्रश्नहरुप्रति असन्तुष्ट रहेका उनले अझै केही ठाउँमा सामन्तवादको अवशेष रहेको बताए । उनले भने, 'पानी धमिल्याएर माछा मार्न सकिन्छ भन्ने कोही भ्रममा पर्नु भएको छ भने त्यो सपना नदेखे हुन्छ ।'


उनले कसैले पनि तिललाई पहाड नबनाउन आग्रह गरे । भने, 'नभएको कुरा भन्ने र आफूले आँखा छोपेपछि सबै अध्यारो छ भन्ने भ्रम नराखे हुन्छ । भ्रमको पछाडि नदौडिए हुन्छ ।'


यो पनि पढ्नुहोस् :

गुठी प्रथा सामन्तवादको स्वरूप : मन्त्री बाँस्कोटा

प्रकाशित : असार ६, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?