१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

काठमाडौँ — कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसंगतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे ।

'९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

'त्रिभुवन विश्वविद्यालयबारेमा छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उनले नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?' उनले प्रश्न गरे ।


'भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु,' सांसद सापकोटाले भने ।


सांसद मीनबहादुर विश्वकर्माले प्रकाश सपूतले गाएको गलबन्दी बोलको गीत अर्कै कलाकारले गाएको भनी जातीय भेद्‌भावका दृष्टिले अपमान गर्न खोजेकाले भेद्भाव गर्न खोज्नेलाई साइबार कानून बमोजिम कानूनी कारवाही हुनुपर्ने माग गरे ।


कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको घटनामा थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको सांसद विश्वकर्माको आरोप थियो । सांसद एकवाल मियाँले जनयुद्धका आन्दोलनकारी संसद्मा बस्ने तर थरुहटका आन्दोलनकारी जेलमा राखिनु कतिसम्म न्यायसङ्गत छ ? भनेर प्रश्न गरे ।

सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक विरुद्धको आन्दोलन विसं २०६२/६३ पछिको ठूलो आन्दोलनका रुपमा अघि बढेकाले त्यसमा भएका सबै असान्दर्भिक दफा खारेज गर्न माग गरे । विधेयक प्रदेशसभाको अधिकारलाई वञ्चित गर्ने गरी आएको उनको आरोप थियो ।


गुठी जग्गासँग मात्र सम्बन्धित नभएको तर सुकुम्वासीलाई आवास दिने विषयलाई यहाँ जोड्न नहुने सांसद श्रेष्ठको भनाइ थियो । सांसद खगराज अधिकारीले गण्डकी प्रदेशको सदरमुकाम जोड्नेद्वारका रुपमा रहेको पुल जीर्ण भइसकेको र सो पुल भत्केमा सदमुकाममा नाकाबन्दी हुनसक्ने भएकाले यथाशीघ्र बनाउन माग गरे ।

सांसद जिपछिरिङ लामाले लोकसेवा आयोगले समावेशी सिद्धान्तअनुसार विज्ञापन नगरेकाले खारेज गर्न माग गरे । विज्ञापन खारेज नभए फेरि देशमा आन्दोलन सुरु हुने भएकाले बेलैमा सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए ।


सांसद महेश्वरजंग गहतराजले तराई क्षेत्रमा वर्षाका कारण मात्र नभई भारतका विभिन्न क्षेत्रमा निर्माण भएका बाँध र अग्लो सडकले नेपाली भूमि डुबानमा पर्न थालेकाले समस्या समाधानतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे ।

सांसद गगनकुमार थापाले वन जंगल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएकाले ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाई मात्र पोस्न खोजेको आरोप लगाए । । ऐनलाई छलेर चोर बाटोबाट कार्यविधि ल्याइएको उनको भनाइ थियो ।


यसअघि संसदीय समितिले गरेको निर्णय विपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई सांसद थापाले आग्रह गरे । सांसद पोल्देनछोपाङ गुरुङले मनाङ जाने पुल बाढीले बगाएकाले बेलिब्रिज छिटो हाल्ने व्यवस्था मिलाउन माग गरे ।


मनाङ सदरमुकामको घट्टेखोलाको पुलमा समेत बाढीले असर गरेकाले जीर्णोद्वार गर्न उनलले ध्यानाकर्षण गराए । सांसद रामबहादुर बुढाले कर्णाली प्रदेशका जनताको आयआर्जन बढाउन सिञ्चाइको व्यवस्थाका लागि बाँध बाँध्ने र विद्युत् निकाल्ने योजनामा स्थानीयवासीलाई शेयर दिनुपर्ने माग गरे ।


यो पनि पढ्नुहोस् :

त्रिवि पनिकामा अनियमितता : ९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

प्रकाशित : असार ९, २०७६ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?