कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपालको दैनिक तापक्रम दर बढ्दो

गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा दैनिक तापक्रम परिवर्तन दर ०.०३४ डिग्रीले वार्षिक रुपमा बढिरहेको पाइएको छ । बेलायतबाट प्रकाशित हुने एट्मोस्फेरिक रिसर्च जर्नलनमा अघिल्लो साता प्रकाशित एक अनुसन्धानात्मक प्रतिवेदनले यस्तो उल्लेख गरेको हो ।

नेपालको दैनिक तापक्रम दर बढ्दो

दैनिक तापक्रम परिवर्तन दर (डूयुरिनल टेम्प्रेचर रेन्ज) भनेको दिनको उच्चतम् र न्यूनतम् तापक्रमबीचको फरक हो । सन् १९७६ देखि २०१५ सम्मको तथ्यांकलाई समावेश गरिएर गरिएको उक्त अनुसन्धानमा ३ नेपाली र ४ इटालियन अनुसन्धानकर्ताहरुले संलग्न थिए ।


यस्तै अनुसन्धानले ४० वर्षको समयवधिमा अधिकतम् दैनिक तापक्रम वृद्धि ०.०४५ डिग्रीले बढेको र न्यूनतम् तापक्रम वृद्धि ०.००९ डिग्रीले वार्षिक रुपमा बढेको पनि देखाएको छ । न्यूनतम् र अधिकतम् तापक्रमबीचको दूरी बढ्दा दिनहरु लामो समयसम्म तात्ने अनुसन्धानमा संलग्न त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पसका सहप्राध्यापक सुदिप ठकुरीले बताए ।


ठकुरीका अनुसार अनुसन्धानले नेपालको पछिल्लो जलवायु परिवर्तनको अवस्था देखाएको छ । । उनले भने,‘हामी जलवायु परिवर्तन भन्दै हिडिरहेको अवस्था छ । अब हामीले तापक्रम वृद्धिको नयाँ तथ्यांक सहित जलवायु परिर्वतनको अवस्थाबारे अरुलाई भन्न सक्छौ । यसअघि पुरानो तथ्यांकलाई टेकेर तापक्रम वृद्धिको अवस्थाबारे भन्थ्यौँ ।’


मनसुनी चक्रमा आएको फेरबदलका कारण यस्तो देखिएको अनुसन्धानले देखाएको छ । मनसुन कमजोर हुनु र बादल बन्ने प्रक्रियामा परिवर्तन हुँदा यो अवस्था देखा परेको हो । तापक्रम बढ्दै जाँदा ‘एक्सिट्रम हिट वेभ’ र तातो दिनको बढोत्तोरी हुने विज्ञहरु बताउँछन् । यसले प्राथमिक उत्पादकत्व (प्राइमरी प्रोडक्टिभिटी) बढ्ने र जलवायु परिवर्तनको चक्रमा पनि असर गर्ने ठकुरीले सुनाए ।


अनुसन्धानमा संलग्न अर्की अनुसन्धानकर्ता सूचना दाहालका अनुसार दिनको अधिकतम् तापक्रम वृद्धिदर उचाई बढेसँगै बढिरहेको छ । यसको कारणले उच्च हिमाली क्षेत्रमा असर पर्ने उनले औँल्याइन् । दाहालले भनिन्,‘ हिमालय क्षेत्र उसैपनि संवेदनशील क्षेत्र हो । थोरै मात्र तापक्रम बढ्दा पनि ग्लेसियर पग्लने सम्भावना हुन्छ । यसले उच्च हिमाली क्षेत्रमा तापक्रम धेरै बढ्दा पनि जलवायुमा ठूलो असर पुर्‍याउँछ । ’ जल तथा मौसम विज्ञान महाशाखाले गरेको एक अनुसन्धानले वार्षिक औसत तापक्रम वृद्धि ०.०५६ डिग्रिले बढेको देखाएको छ ।


पहाडी क्षेत्रमा तापक्रम बढ्दो :

यसैबीच तराई क्षेत्रको तुलानामा पहाडी क्षेत्रमा तापक्रम बढ्दो अवस्था रहेको अनुसन्धानले देखाएको छ । तराई क्षेत्रमा औसत दैनिक तापक्रम परिवर्तन दर ०‍.०१८ डिग्रीले बढेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा ०.०३ प्रतिशतभन्दा बढिले बढेको उक्त अनुसन्धानले देखाएको छ । ठकुरीका अनुसार अधिकतम् र औसत तापक्रम वृद्धि उचाईसँग सम्बन्धित छन् । उच्च हिमाली क्षेत्रमा ‘डूयुरिनल टेम्प्रेचर रेन्ज’ र अधिकतम् तापक्रम उचाई बढेसँगै बढि पाइएको हो ।


प्रजातिहरुको बासस्थान परिवर्तन :

यसैबीच तापक्रम बढेसँगै प्रजातिहरुको बासस्थान परिवर्तन तथा जीवनचक्रमा समस्या हुने त्रिवि केन्द्रीय वनस्पति विज्ञान क्याम्पसका उपप्राधयाक नारायण घिमिरले बताए । यसले वनस्पतिका जीवनचक्रमा विभिन्न अवस्थामा प्रत्यक्ष असर पुग्ने बताए । यसले वस्पतिहरुको फूलफूल्ने समयहरु प्रिवर्तन हुने बताए । वृक्ष रेखा(ट्री लाइन) सर्दै जाने,जीव तथा वनस्पतिको लोप हुने क्रम बढ्ने बताए ।


जैविक विविधतामा पनि तापक्रम वृद्धिदरको असर देखिने गरेको प्राध्यापक एवं वनस्पतिविद् प्रमोदकुमार झाले बताए । उनले भने,‘तापक्रम वृद्धिले वनस्पतिहरु उच्चस्थानमा सर्दै गइरहेका छन् ।’ उनले मिचाहा प्रजातिका विरुवाहरु बढ्ने चेतावनी दिए । मिचाहा प्रजातिका विरुवाहरुले जडिबुटीहरु घट्ने बताए ।


तापक्रम बढ्दा जडिबुटीको रासायनिक मात्रा पनि घट्ने बताए । वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले अधिकतम् र न्यूनतम तापक्रमको परिवर्तनले असर गर्ने बताए । उनले भने,‘रेन्ज बढ्नु स्वभाविक नै हो । म्याक्सिमम तापक्रम परिवर्तन र मिनिमम तापक्रम परिवर्तनले फरक पार्ने हो । ’


यस्तै उनले यस वर्ष खडेरीको सम्भावना धेरै रहेको बताए । वर्षात्को पूर्व अनुमानले यो वर्ष खडेरी बढिरहेको देखिएको उनले सुनाए ।

प्रकाशित : असार ९, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?