कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चन्द समूहका जिल्ला अध्यक्षसहित तीन जना पक्राउ

लुकाइछिपाइ राखेको दुई थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ४ थान म्याग्जिन र १४ राउण्ड गोली र ३ नाल भरुवा बन्दुक बरामद
देवनारायण साह

मोरङ — चन्द समूहका मोरङ अध्यक्ष अशोक राई सहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बेलबारी नगरपालिका–३ स्कुल डाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी–२ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाल पक्राउ परेका हुन् ।

चन्द समूहका जिल्ला अध्यक्षसहित तीन जना पक्राउ

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।


यस्तै, प्रहरीले लुकाइछिपाइ राखेको दुई थान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ४ थान म्याग्जिन र १४ राउण्ड गोली र ३ नाल भरुवा बन्दुक र त्यसमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।


‘प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले कंशको घरमा हतियार लुकाएर राखेको खुलेको थियो,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘तत्काल उनको घर चेकजाँच गर्दा रातो झोलामा राखिरहेको अवस्थामा दुई थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ४ थान म्याग्जिन र १४ राउण्ड गोली बरामद भयो ।’

थप अनुसन्धानको क्रममा सालबारीमा केही हतियार राखेको खुलेको अधिकारीले बताए । ‘तत्काल प्रहरी परिचालन गरेर सोमबार केन्द्रलाललाई नियन्त्रणमा लिई उनको घरमा खोजी गर्दा ३ नाल भरुवा बन्दुक त्यसमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडा बरामद भयो,’ उनले भने, ‘तीन थान बन्दुकमध्ये एउटा लोड भएको अवस्थामा बरामद भएको छ ।’


उनीहरुलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित : असार ९, २०७६ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?