कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा बन्दकाे प्रभाव न्यून 

काठमाडौँ — नेत्रविक्रम चन्द समूहले आव्हान गरेकाे बन्दकाे प्रभाव उपत्यकामा न्यून छ । मंगलबार बिहानैदेखि यातायात संचालनमा छ । बजार खुलेकाे छ । विद्यालय तथा शिक्षण संस्था भने बन्द छन् । 

उपत्यकामा बन्दकाे प्रभाव न्यून 

काठमाडाैं प्रहरी परिसरका प्रवक्ता डीएसपी हाेबिन्द्र बाेकटीले उपत्यकामा निर्वाध रुपमा सवारी साधन सञ्चालनमा रहेकाे बताए ।

बिहान किर्तिपुरमा शंकास्पद वस्तु भेटिएकाे थियाे । किर्तिपुरकाे सार्वजनिक स्थानमा बाेतलमा माटाे भरेकाे अवस्थामा त्रास फैलाउन उक्त वस्तु राखिएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरी मुडभेडमा मारिएका सर्लाही इन्चार्ज कुमार पाैडेलकाे हत्याकाे विराेधमा चन्द समूहले म‌ंगलबार बन्द आव्हान गरेकाे हाे ।

प्रकाशित : असार १०, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?