कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

संसद्‌मा ‘गलबन्दी च्यातियो ...’ गीतको चर्चा

रासस

काठमाडौँ — प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।

संसद्‌मा ‘गलबन्दी च्यातियो ...’ गीतको चर्चा

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपूत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाईन् ।


साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारबाही गर्न माग गरिन् । सांसद महेश्वरजंग गहतराजले पनि ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।


सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महिनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याएकी थिइन् ।

प्रकाशित : असार १०, २०७६ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?