थुनुवा बाेकेको प्रहरीको जिप दुर्घटना, २ को मृत्यु 

शिव पुरी

रौतहट — थुनुवा बाेकेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिप मंगलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने प्रहरी सहित ८ जना घाइते छन् । 

थुनुवा बाेकेको प्रहरीको जिप दुर्घटना, २ को मृत्यु 

अदालतमा म्याद थप गर्न थुनुवा लिएर सदरमुकाम गौर जाँदै गरेको प्रहरीको टाटा पिकअप जिप चन्द्रपुर १० स्थित गौर खण्डको बालचनपुर नजिक दुर्घटना भएको थियो । दुर्घटनामा परी चन्द्रपुरका २६ वर्षीय मुकेश भन्ने निर्मल साह र सुनसरी इनरुवा–१ का ४० वर्षीय रामेशकुमार चौधरीको मृत्यु भएको हो ।


साह लागूऔषध अभियोगमा पक्राउ परेका व्यक्ति हुन् भने चौधरी सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा थिए ।


जिपको एक्सल भाँचिएपछि सडकबाट तल खसेको थियो । ४ जना थुनुवाको म्याद थपका लागि प्रहरी सहायक निरीक्षक दिनेश चौलागाईको कमाण्डमा ६ जना प्रहरी पनि सोही जिपमा सवार थिए ।


दुर्घटनामा परी असई चौलागाईको टाउको र छातिमा चोट लागेको छ भने प्रहरी हवल्दार उमेश यादव, विनोद मण्डल, प्रहरी जवान सञ्जिव कार्की, अजय कुमार यादव, हरि किशोर चौधरी घाइते छन् ।


घाइते प्रहरी चौधरीलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । अन्यको अवस्था समान्य छ ।


अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका चन्द्रपुर–३ का टेकबहादुर थिङ्ग, चन्द्रपुर–८ का कुमार गेलाल घाइते छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरी कार्यालयले जनाएको छ । समान्य घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार १०, २०७६ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?