उपप्रमुखको सवारीमा आगजनी

नवलपुर — पुर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया चढ्ने लु १ झ ३२१ नम्बरको सरकारी गाडीमा अज्ञात समूहले सोमबार राति आगजनी गरेको छ ।

मर्दनियाको निवास कावासोती-१५ अमलटारिमा राखिरहेको सवारीमा आगजनी भएको प्रहरीले जनाएको छ ।


आगजनीबाट गाडीको पछाडीको भागमा क्षति पुगेको जिल्ला प्रहरीका सूचना अधिकारी अर्जुन रानाभाटले बताए । मोटरसाइकलमा आएका २ जनाले आगजनी गरेर भागेका थिए ।

प्रकाशित : असार १०, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?