कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रि तिब्बतको कार्यक्रमले विवादित सांसद यादव पार्टीबाट निलम्बित

काठमाडौँ — समाजवादी पार्टीबाट प्रतिनिधिसभाका सदस्य प्रदीप यादव पार्टीबाट ६ महिनाका लागि निलम्बित भएका छन् । 

फ्रि तिब्बतको कार्यक्रममा सहभागी भएपछि विवादित बनेका सांसद यादवलाई समाजवादी पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले ६ महिनाका लागि निलम्बनको निर्णय गरेको हो ।

फ्रि तिब्बतको कार्यक्रमले विवादित सांसद यादव पार्टीबाट निलम्बित

सांसद यादव पार्टी नीतिविपरीत जानकारी नै नगराइ लाटभियामा भएको 'इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टैरियन अन फ्रि तिब्बत' कार्यक्रममा सहभागी भएको भन्दै समाजवादीले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले निलम्बनको निर्णय गरिएको मंगलबार समाजवादीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


बैठकले पार्टीको विभिन्न विभागसमेत गठन गरेको छ । जसअनुसार कार्यालय प्रमुखमा अधिकारी, प्रचार विभागमा सचिव प्रशान्त सिंह, अर्थ विभागमा कोषाध्यक्ष विजयकुमार यादव, विज्ञ परिषद् प्रमुखमा पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीमप्रसाद गौतम चयन भएका छन् ।


प्रकाशित : असार १०, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?