कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अछाममा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, ४ घाइते ‌(अपडेट)

मेनुका ढुंगाना

अछाम — चौरपाटी गाउँपालिका–२ मुलिगाउँमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्युु भएको छ । ४ जना घाइते भएका छन् ।

अछाममा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, ४ घाइते ‌(अपडेट)

से १ त ७९३९ को बालुवा ल्याउन सेती नदीतिर गइरहेकाे रित्तो ट्याक्टर बुधबार बिहान ६ बजेर ५० मिनेटमा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए ।


दुर्घटनामा रमेश साउँद, लक्ष्मी साउँद र काली साउँदकाे मृत्यु भएकाे छ ।


विद्यालय जाने समय भएकाले ट्याक्टरमा विद्यार्थीहरु चढेकाे चौरपाटी गाउँ कार्यपालिका सदस्य शिवबहादुर विकले बताए ।

प्रकाशित : असार ११, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?