कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

७ वर्षीया बालिकाको ३ दिन पछि उद्धार

माधव ढुंगाना

भैरहवा — तीन दिनसम्म हराइरहेकी सात वर्षीया बालिकालाई प्रहरीले बुधबार बिहान सकुशल उद्धार गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१२ की ७ वर्षीया सावित्री थापा नामकी बालिकालाई प्रहरीले आज बिहान बुटवलको नेपालगञ्ज रोडस्थित होटेल दर्पणको कोठा नम्बर १०३ बाट उद्धार गरेको हो ।

प्रहरीका अनुसार, पानी खाने निहु पारेर बालिकाको घरमा आएका बीरवीञ्ज महानगरपालिका २७ का जयराम दास नामका व्यक्तिले ती बालिकालाई फकाएर केहीबेरमा ल्याइदिने भन्दै लगेका थिए । दास सानातिनो ठेकेदारको काम गर्ने र उनले गरेको ठेक्काको काममा बालिकाको बुबाआमाले मजदुरी गर्ने गरेकाले दास बालिकाको घरमा घुलमेल थिए ।


केहीबेरपछि छोरी नआएपछि बालिकाको बुबाआमाले फोनबाट सोधखोज गर्दा दासले आफू नवलपुरको चोरमारामा भएको र भोलिपल्ट नेपाल बन्द भएकाले ११ गतेमात्र ल्याइदिने बताएका थिए । बालिकाका अभिभावकले यसबारे प्रहरीमा जाहेरी दिएपछि प्रहरीले खनतलासी गर्दा दास बुटवलकै राजमार्ग चौराहा क्षेत्रमा भएको पत्ता लगाएको थियो ।


प्रहरीको खोजविनकै क्रममा उक्त होटेलबाट बालिकालाइ उद्धार गरिएको हो । दासपनि प्रहरी नियन्त्रणमा छन् । रुपन्देहीका एसपी हृदय थापाले बालिकामाथि कुनै नराम्रो घटना नघटेको र सुरक्षित रहेको बताए । दासले ती बालिकालाई आफ्नो साथमा लैजानु र झुठो बेल्नुको कारणबारे छानबिन जारी रहेको एसपी थापाले बताए ।

प्रकाशित : असार ११, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?