कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चन्द समूहद्वारा गाउँपालिको कार्यालयमा आगजनी

तुलाराम पाण्डे

कालिकोट — नेत्र विक्रम चन्द समूहले नरहरिनाथ गाउँपालिकामा आगजनी गरेको छ । चन्द कार्यकर्ताले मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा आगजानी र तोडफोड गरेका हुन् । 

चन्द समूहद्वारा गाउँपालिको कार्यालयमा आगजनी

आगजनीबाट महत्वपूर्ण कागाजात जलेर नष्ट भएका छन् । आगजनीबाट ३ करोडको क्षति भएको गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले बताए । ‘महत्त्वपूर्ण कागजातसहित भौतिक सामान सबै नष्ट भएका छन् ।’अध्यक्ष विष्टले भने, ‘आर्थिक वर्ष सकिने बेला कार्यालय जलाएपछि काम गर्न अप्ठेरो भयो ।’


उनले मंगलबार राति नै नरहरिनाथ ५ रुप्सा र ६ माल्कोट सेरापाटास्थित वडा कार्यालयमा पनि तोडफोड गरी कागजात नष्ट गरेको जानकारी दिए ।


कुमालगास्थित गाउँपालिका भवनभित्र रहेका महत्त्वपूर्ण कागजातसहित दराज, टेबुल, कुर्सी, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन जलेर नष्ट भएका छन् । गाउँपालिकाको २० लाख मूल्यको सोलार पनि जलेर नष्ट भएको छ ।


राति १ बजेको समयमा चन्द कार्यकर्ताले पेट्रोल छर्किएर आगजनी गरेको कालिकोटका डीएसपी विनोद शर्माले बताए । डीएसपी शर्माले आगजनी गर्नेको खोजी भइरहेको बताए ।

प्रकाशित : असार ११, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?