२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘ग्रिनहाउस’ मा औपचारिक रुपमा सरे उपराष्ट्रपति

काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित ‘ग्रीनहाउस’मा बुधबारबाट औपचारिक रुपमा सरेका छन् । उपराष्ट्रपतिको कार्यालयका प्रवक्ता तेजराज पाण्डेले बुधबार विज्ञप्ति निकालेर बहादुर भवन, कान्तिपथबाट उपराष्ट्रपति कार्यालय ‘ग्रीनहाउस’ मा स्थानान्तरण भएको उल्लेख गरेका छन् ।

‘ग्रिनहाउस’ मा औपचारिक रुपमा सरे उपराष्ट्रपति

ग्रीनहाउसमा पाँच हप्ताअघिबाटै उपराष्ट्रपति पुनको सचिवालय बस्दै आएको थियो । असार ८ देखि कार्यालय सरेको थियो । ‘आजबाट विधिवत् रुप दिएका छौ,’ प्रवक्ता पाण्डेले बताए ।


उपराष्ट्रपति कार्यालय र आवास सर्नुअघि ‘ग्रिनहाउस’ मा समाज कल्याण परिषद्को कार्यालय थियो । भदौ २१ को मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को भवनमा उपराष्ट्रपति कार्यालय र निवास राख्ने निर्णय गरेको थियो । त्यसपछि ४२ वर्षदेखि बस्दै आएको भवन छाडेर परिषद् पुल्चोकस्थित केन्द्रीय बालकल्याण समिति भवनमा सरेको छ । उपराष्ट्रपति पुनको कार्यालय र निवास सारिएपछि भवन र चारैतर्फका पर्खाललाई गाढा हरियो रंगले पोतेर ‘ग्रिनहाउस’ नाम दिइएको छ ।



प्रकाशित : असार ११, २०७६ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?