१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एसईईको नतिजा सार्वजनिक गर्न २ बजे बैठक

सुदीप कैनी

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसाे २ बजे बैठक बाेलाएकाे छ ।

एसईईको नतिजा सार्वजनिक गर्न २ बजे बैठक

नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ । राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणि पाैडेलले आज २ बजे बाेर्ड बैठक बाेलाइएको बताए ।


सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

म‌ंगलबार पनि बाेर्डकाे बैठक बसेको थियाे । उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएकाे थियाे ।

मुलुकभरबाट याे वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक/फरक बनाएर परीक्षा लिइएको हो ।

नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ । गतवर्ष असार ९ गते रिजल्ट भएको थियो । यसवर्षको परीक्षामा प्रदेश २ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

प्रकाशित : असार १२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?