१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाँच भारतीयको नेपाली नागरिकता खारेज [मन्त्रिपरिषद्का २० निर्णयसहित]

विमल खतिवडा

काठमाडौँ — सरकारले ५ जना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ । झुटो विवरण पेस गरी भारतीय नागरिक जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजयकुमार ठाकुर, यमुना सिंह र कृपाली सिंहले विभिन्न जिल्लाबाट लिएको 
नेपाली नागरिकता रद्द गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

पाँच भारतीयको नेपाली नागरिकता खारेज [मन्त्रिपरिषद्का २० निर्णयसहित]

सिंहदरबारमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले झुटो विवरण पेस गरी लिएका भारतीयको नेपाली नागरिकता रद्द गर्ने र ती कार्यमा संलग्न व्यक्तिहरुलाई समेत कानुनी कारबाही गर्ने निर्णय बैठकले गरेको जानकारी गराए।

भारतीय नागरिक जीवनकुमारले सप्तरी जिल्ला प्रशासन कार्यालयबाट, धर्मेन्द्र र अजयले धनुषाबाट, यमुना र कृपालीले रौतहटबाट नागरिकता लिएको सरकारले विवरण सावर्जनिक गरेको छ ।

निर्णयहरु

प्रकाशित : असार १२, २०७६ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?