७ सचिवको पदस्थापन 

विमल खतिवडा

काठमाडौँ — सरकारले संघको पदमा समायोजन भएका नेपाल वन सेवाका राज पत्राङ्कित प्रथम श्रेणीका प्राविधिक कर्मचारीहरू मध्ये ७ जनालाई प्रदेश सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाका अनुसार बद्रिराज ढुंगाना प्रदेश १, नवराज काफ्ले प्रदेश २, शिवकुमार वाग्ले प्रदेश ३, विष्णुप्रसाद भण्डारी गण्डकी प्रदेश, धननञ्जय पौडेल ५ नम्बर प्रदेश, धीरेन्द्रकुमार प्रधान कर्णाली प्रदेश र मेघनाथ काफ्ले सुदूरपश्चिम प्रदेशमा पदस्थापन भएका छन् ।


प्रकाशित : असार १२, २०७६ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?