कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

ईपीजी प्रतिवेदन छिट्टै बुझाउँछौं : प्रधानमन्त्री 

देवेन्द्र भट्टराई

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन छिट्टै भारतीय प्रधानमन्त्रीलाई बुझाउने र कार्यान्वयनमा आउने बताएका छन् । 

ईपीजी प्रतिवेदन छिट्टै बुझाउँछौं : प्रधानमन्त्री 

शनिबार काठमाडौंस्थित होटल मेरियटमा ‘पररष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ शीर्षक एकदिने गोष्ठीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दुवै देशका साच्चिकै प्रबुद्ध समूहले बनाएको प्रतिवेदनमा दुईदेशीय समस्या, चासो, सरोकार सबै विषयहरु समेटिएकाले यसलाई जतिसक्दो चाँडो कार्यान्वयन गर्न आफू लागि पर्ने बताए ।

‘कुनै पनि प्रकारका अतिरिक्त कुटनीतिक गतिविधिहरु कसैबाट नहोउन भन्ने हामी चाहन्छौं । हाम्रो स्वतन्त्रता र हाम्रो सार्वभौमतामा खेद परेको अनुभव गर्नु नपरोस् । हेपिएको अनुभव गर्नु नपरोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा छिमेक र अन्तराष्ट्रिय सम्बन्धहरु एकैचोटी संग्लिएका छन् । थुप्रै कुरा पुनरावलोकन भएका छन् ।’

उनले अन्तरराष्ट्रिय सम्बन्धमा राष्ट्रिय हित र न्याय दुवैलाई हेर्नुपर्ने बताउँदै उनले न्यायलाई बिर्सिएर अन्धो राष्ट्रिय हितका पक्षमा जान नहुने टिप्पणी गरे ।

परराष्ट्र मन्त्रालय र परारष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको संवाद कार्यक्रममा राजनीतिक–कुटनीति, आर्थिक–कुटनीति, क्षेत्रिय तथा बहुपक्षीय मामिलाका बारेमा विज्ञहरुले आफ्नाे धारणा राख्दै छन् ।

प्रकाशित : असार १४, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?