कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यको कार्यकक्षको तालाबन्दी खुल्यो 

प्रदीप मेन्याङ्बो

(सुनसरी) — स्नातकोत्तर तह एमडी/एमएसको केही विभागमा विदेशी विद्यार्थी कोटा बढी भएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले चारदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लगाएको तालाबन्दी आइतबार बिहान खुलेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र शिक्षाध्यको कार्यकक्षको तालाबन्दी खुल्यो 

प्रतिष्ठानका जुनियर चिकित्सकहरुको संस्था र प्रतिष्ठान बीच पाँच बुँदे सहमति भएपछि तालाबन्दी खुलेको हो ।


प्रतिष्ठानको व्यवस्थापन पक्षले एमडी एमएसको इन्टर्नल मेडिसिन, पेडियाट्रिक्स (बालरोग) र सर्जरी (शल्यक्रिया) मा थप एक–एक सिट नेपाली विद्यार्थीको कोटा बढएपछि सहमति भएको आन्दोलनरत सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताए । सहमति अनुसार इन्टर्नल क्याटगोरी सिट बाँडफाँड सम्बन्धी प्रतिष्ठानको सन् २०१५ देखिको प्रवेश परीक्षा कार्यविधि संशोधन गर्दै नेपाली विद्यार्थीलाई कम्तिमा ५० प्रतिशत सिट हुने कार्यविधि बनाउने, स्नातकोत्तर तहको सिट प्रतिष्ठानद्धारा आफ्नो क्षमताकासथा संचालन गर्नेलगायत रहेका छन् ।


सहमतिपछि उपकुलपति प्राध्यापक डा. राजकुमार रौनियारले सरकारले वीपी प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारीलाई तलव भत्ता सुविधा नदिएपनि नेपाली विद्यार्थीको हितमा सिट संख्या बढाएको बताए । ओपिडीमा उपचारकालागि आउने दैनिक ३ हजार ५ सय, आकस्मिकमा आउने दैनिक अढाइसय र विभिन्न वार्डमा आठसय शैय्यामा रहेका बिरामीको उपचार सेवा दिन २ सय ४३ फ्याकल्टी चिकित्सक, व्यबस्थापन प्रसाशन हेर्ने एकहजार ३ सय कर्मचारी परिचालन गर्ने आयश्रोत विद्यार्थीले तिरेको शुल्क र बिरामी उपचारबाट संकलित शुल्क मात्र भएको उपकुलपति रौनियारले बताए ।


उनले भने, ‘सरकारले प्रतिष्ठानलाई स्वायत्त स्वास्थ्य शैक्षिक संस्था भनेकाले सोही अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन र आयोग, प्रतिष्ठानको आफ्नै ऐन र नियम अनुसार विद्यार्थी भर्ना गर्दै आएपनि यसपटक नेपाली विद्यार्थीकालागि स्नातकोत्तर तहका विभिन्न विभागमा थप तीन सिट बढाएका छौं ।’


प्रतिष्ठानलाई सरकारले भौतिक पुर्वाधार तयार गर्नमात्र परियोजना अनुसार आर्थिक सहयोग गर्ने गरेकाले प्रतिष्ठानलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन विदेशी विद्यार्थीको कोटा पनि छुट्याउने गरेको उपकुलपति रौनियारले बताए ।


प्रकाशित : असार १५, २०७६ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?