२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रहरी र चन्द समूहबीच दोहोरो हवाईफायर : नेपाली सेनाको हेलिकप्टरमा थप मद्दत टोली संखुवासभामा

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूह र प्रहरीबीच संखुवासभाको सिसुवाटारमा दोहोरो फायरिङ भएपछि प्रहरी प्रधान कार्यलयले नेपाली सेनाको एमआई १७ हेलीकप्टरबाट थप प्रहरी टोली पठाएको छ । प्रहरीको २५ जनाको टोली केहीबेर अघि मात्रै संखुवासभाको सिलिचोङ गाउँपालिका १ वाङलामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी र चन्द समूहबीच दोहोरो हवाईफायर : नेपाली सेनाको हेलिकप्टरमा थप मद्दत टोली संखुवासभामा

१० गते जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट खटिएको प्रहरी नायब निरीक्षक टीकाराम सुनवारको कमान्डमा रहेको ७ जनाको टोली, प्रहरी चौकी सिसुवाटारको प्रहरी जवान सहितको दुई जनाको टोली र शसस्त्र प्रहरी बलको १० जनाको टोलीले सिलिचुङ गाउँपालिका १ होयाङग्ला भन्ने स्थानमा पुगेका बेला चन्द समूहले हवाई फायर गरेको थियो ।

लगत्तै प्रहरीले पनि जवाफी हवाई फायर गरेपछि चन्द समूहका कार्यकर्ता तितरबितर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित : असार १६, २०७६ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?