दुर्घटनामा ३ को मृत्यु

भरत जर्घामगर

सिरहा — पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडरिया खण्डमा सोमबार मालबाहक ट्रकको ठक्करबाट म्याजिक भ्यानमा सवार तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् । घाइते मध्ये ३ को अवस्था गम्भीर छ । 

दुर्घटनामा ३ को मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना १ ख २४१५ नम्बरको मालबाहक ट्रकले सोही दिशातर्फ गइरहेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोमबार मध्यान्ह पछाडिबाट ठक्कर दिएको थियो ।


ट्राफिक प्रहरी लहानका नायब निरीक्षक मनोज कुमार चौधरीका अनुसार ठक्करबाट म्याजिकमा सवार सिरहा गोलबजार नगरपालिका ८ का गणपति महरा, धनगढी नगरपालिका ९ की भुलुमाया लामा र बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी बतैयादेवी मोचीको मृत्यु भएको छ ।


दुर्घटनामा गम्भीर घाइते सिरहा धनगढीमाई नगरपालिका ९ का ५० वर्षीय रामसेवक राम, राजु राम र लक्ष्मीपुर पतारी गाउँपालिका २ की सइरा खातुनलाई थप उपचारका लागि विराटनगर लगिएको ट्राफिक प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाइते सिरहा लक्ष्मीपुर पतारी २ की नजमा खातुन, नजराना खातुन, लक्ष्मीपुर पतारी १ का मोहम्मद सफेरा, लहान नगरपालिका ६ का अंकित राम र सप्तरी खडग नगरपालिकाका पञ्चन चौधरीको लहानस्थित शेराज पोलिक्लिनिकमा उपचार भइरहेको छ । फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १६, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?