कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

आज पूर्ण सूर्य ग्रहण  

अतुल मिश्र

काठमाडौँ — चिली, अर्जेन्टिना र दक्षिण प्रसान्त क्षेत्रमा रहेका नेपालीहरुले मंगलबार राति पूर्ण सूर्य ग्रहण देख्न सक्छन् । यदि तपाई मुलुकमै बसेर यो अन्तरिक्षीय घटना अवलोकण गर्न चाहनुहुन्छ भने अमेरिकास्थित नेशनल एयरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले लाइभ प्रसारण गर्नेछ ।

नासाद्वारा जारी विज्ञप्तिअनुसार दक्षिण अमेरिकाली पूर्ण सूर्य ग्रहण नासाको वेभसाइटबाट हेर्न सकिन्छ ।


नेपाली समय अनुसार राति करिब १० बजेर ४० मिनेटदेखि ग्रहण लाग्ने छ भने राति ३ बजेर ३६ मिनेटमा समाप्त हुने छ । बीपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र साइन्स म्युजियम डभलपमेन्ट बोर्डका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माको अनुसार यो ग्रहण नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान लगायतका एशियाली मुलुकबाट देखिँदैन । नेपालबाट नभए पनि छिमेकी मुलुकको दक्षिणी क्षेत्रबाट अागामी २६ डिसेम्बरमा आंशिक सूर्य ग्रहण देखिने छ । आगामी पूर्ण सूर्य ग्रहण सन् २०२० डिसेम्बरमा देखिने छ ।


किन हुन्छ सूर्य ग्रहण ?


सूर्य ग्रहण पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आएर हुन्छ । चन्द्रमाको छायाँ पृथ्वीको सतह भएर जान्छ । यस्तो मात्र अमावस्याको दिनमा हुन सक्छ । तर चन्द्रमाको कक्षाको झुकावको कारण भने प्रत्येक अमावस्यामा यस्तो हुँदैन ।


ग्रहणको छायाँको दुई भाग हुन्छ, पहिलो पूर्ण छायाँ (अम्व्रा) जो शंकुको रुपमा हुन्छ । र यसमा कतैबाट पनि सूर्यको प्रकाश प्रवेश गर्न सक्दैन । पृथ्वीको जुन क्षेत्रबाट यो छायाँ गुज्रिन्छ त्यसै क्षेत्रबाट सूर्य पूर्ण रुपमा छोपिएको देखिन्छ । र दिनमै केही क्षणको लागि राति जस्तो माहोल बन्छ । यो अवधिको समय हामी कतिपय ग्रह नक्षत्र र तारासमेत देख्न सक्छौं ।


ग्रहणको छायाँको दोस्रो भाग आंशिक छायाँ (पीनम्ब्रा) भनिन्छ जो सूर्यको डिस्कको मात्र एक भागले प्रकाश पुग्दा बन्छ । आंशिक छायाँ क्षेत्रमा उभिएको मनुष्यलाई सूर्यको डिस्क चन्द्रमाले पूर्ण रुपमा छोपिएको देखिन्न ।


पूर्ण सूर्य ग्रहणताका देखिने अनौठो घटना


पूर्ण सूर्य ग्रहणअघि, पछि र लागेको समयमा प्रकृतिमा अनौठो घटना देखिने गरिएको छ । सूर्यको प्रकाश अत्यन्त न्यून हुँदा आकाशमा तार र केही ग्रह नाङ्गो आँखाले देखिन थाल्छन् । कति बोटबिरुवा जसको पूल र पात राति बन्द हुन्छ ती पूर्ण सूर्य ग्रहणको समय बन्द हुन लाग्छ । राति सुगन्ध फैलाउने बोट बिरुवा पूर्ण सूर्य ग्रहणको समय दिनमै सुगन्ध फैलाउन थाल्छन् । यो समय पशुपंक्षी भ्रमित भइहाल्छन् । पूर्ण सूर्य ग्रहणपछि कुखुरा बोल्न थाल्छ । परेवा लगायतका अन्य पंक्षीहरु पूर्ण सूर्य ग्रहणअघि नै आफ्नो बासस्थानमा फर्किन थाल्छन् र पुनः बाहिर आउन सक्छन् ।


प्रकाशित : असार १७, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?