ज्ञवालीले बेइजिङमा भेटे आफ्ना समकक्षी 

लक्ष्मी लम्साल

बेइजिङ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार आफ्ना समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन् । उत्तरपूर्वी चीनको ल्याउनिङ प्रान्तस्थित तालियानमा भएको विश्व आर्थिक मञ्चको तीन दिवसीय सम्मेलनमा भाग लिएपछि मन्त्री ज्ञवाली बुधबार बिहान बेइजिङ उत्रिएका थिए।

ज्ञवालीले बेइजिङमा भेटे आफ्ना समकक्षी 

चिनियाँ समयअनुसार अपरान्ह ४ बजे ग्रेट हल अफ द पिपुल्समा भएको भेटमा दुवै नेताबीच नेपाल चीन मित्रतालाई आगामी दिनमा अझै उच्चस्तरमा विकास गर्नेबारेमा कुराकानी भयो । साथै चिनियाँ पक्षबाट हुने उच्चस्तरीय राजनीतिक भ्रमण, बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना, यसअघि भएका सम्झौताहरूको प्रगति लगायतका विषयमा पनि समीक्षा भएको थियो ।

भेटमा उनले चीनबाट हुने उच्चस्तरीय भ्रमणका बारेमा चासो राखे । मन्त्री वाङ्ले निरन्तर सम्पर्कमा रहेर मिति तय गर्ने बताए । नेपाल भ्रमणका सम्बन्धमा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको लागि उच्च चासो देखाएको पनि मन्त्री वाले जानकारी गराएका थिए ।


यसअघि नेतृत्व ४.० भूमण्डलीकरण नयाँ युगमा सफलताको बाटो भन्ने नाराका साथ ल्याउनिङ प्रान्तमा भएको दाभोस अन्तर्गत विश्व आर्थिक मञ्चमा मन्त्री ज्ञवालीले भाग लिएका थिए । करीब २ सय वटा सत्र र कार्यशाला आयोजना गरेर मञ्च पनि बुधबार नै सकिएको छ ।


मन्त्री ज्ञवालीले नेपालजस्ता अति कम विकसित मुलुकको अर्थ, भूराजनीति, जलवायु लगायतका विषयमा आवाज उठाए। मञ्च अन्तर्गत जलवायु परिवर्तनः अर्को मौद्रिक संकट, भूराजनीतिक परिवर्तन, २०२० जी–२० एजेण्डाको मार्गचित्र लगायत सत्रमा भाग लिएर नेपालजस्ता भूपरिवेष्ठित तथा अति कम विकसित मुलुकका समस्याबारेमा धारणा राखेका थिए।


प्रकाशित : असार १८, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?