कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रस्तावित ४ राजदूतहरुको संसदीय सुनुवाई सुरु

दिनेश रेग्मी

काठमाडौँ — संसदीय सुनुवाई समितिले प्रस्तावित ४ राजदूतहरुको सोमबार सुनुवाई सुरु गरेको छ । बिहान ८ बजे सुरु समितिको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत  डा. बंशीधर मिश्रको सुनुवाई सकिएको छ ।

प्रस्तावित ४ राजदूतहरुको संसदीय सुनुवाई सुरु

समितिमा उनले बंगलादेशकसँगको विद्युत तथा उर्जा कनेक्टिभिटीलाई प्राथमिकता दिने बताउँदै आफ्ना योजनाहरु सुनाएका थिए । समितिका ९ जना सदस्यहरुले सुनुवाईका क्रममा मिश्रलाई प्रश्न गरेका थिए । धेरै जसो प्रश्नहरु सुझावसँग सम्बन्धित थिए ।


समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा सोमबार बिहान ८ बजे सुनुवाई सुरु भएको थियो । दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । बाँकी ३ प्रस्तावित राजदूतहरुको सुनुवाई ३ बजेपछि हुनेछ ।


समितिमा राजदूत सिफारिस प्रक्रिया समावेशी नभएको भन्दै उजूरी परेको छ भने अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालको विरुद्ध पनि उजूरी परेको छ ।


सरकारले बंगलादेशका लागि डा.बंशीधर मिश्र, अस्ट्रेलियका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नारदनाथ भारद्वाजलाई राजूदतका लागि प्रस्ताव गरको थियो ।

समितिले सुनुवाई प्रकिया सकेर उनीहरुलाई अनुमोदन गरेपछि राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ ।


प्रकाशित : असार २३, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?