२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते 

विप्लव महर्जन

सल्यान — रुकुमबाट तुलसिपुर जादै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक सोमबार बिहान करिब १० बजे कपुरकोट गाउँपालिका ३ आगरखोला नजिकै बासखोलामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौ जना यात्रु घाईते भएका छन ।

ट्रक दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते 

दुर्घटनामा परि गम्भिर घाईते भएका सिद्धकुमाख गाउँपालिकाका ५३ बर्षिय दुर्गा बस्नेतको मेडिकल कलेज नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । अन्यको कपुरकोट स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारको लागि तुलसिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर तुलसिपुर उपमहानगरपालिका घर भएका चालक वर्ष २६ का ताराप्रसाद खडका, वर्ष ३६ का मानबहादुर पुन, सिद्धकुमाख गाउँपालिका–२ का ६७ का दलबहादुर बोहरा, बाग्चौर नगरपालिका ३ की वर्ष ३८ की गीता रेग्मी, कपुरकोटकी छवी बिक, उनको ११ वर्षिय छोरा प्रविण बिक, छत्रेस्वरी गाउँपालिकाको लान्ती घर भएका वर्ष ४२ का ओपेन्द्र रावत र सहचालक यज्ञबहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ बिरेन्द्रबहादुर शाहीले जानकारी गराए ।

ट्रक सडकदेखि ३५ मिटर तल खसेको ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले जानकारी गराएका छन् । स्टेरिङ्ग फेल भएका कारण ट्रक घुम्तीदेखि खसेको उनले जानकारी गराएका छन् । स्थानीय र प्रहरी मिलेर घाइतेको उद्धार गरिएको र दुर्घटनामा परेर घाइते भएका अन्यको अवस्था सामान्य रहेको उनको भनाई छ ।


प्रकाशित : असार २३, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?