संसदीय सुनुवाई समितिबाट चारैजना राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदित

दिनेश रेग्मी

काठमाडौँ — संसदीय सुनुवाई समितिले प्रस्तावित ४ राजदूतहरुको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । बिहान ८ बजेदेखि सुरु भएको समितिको बैठकमा पहिला बंगलादेशका लागि प्रस्तावित राजदूत  डा. बंशीधर मिश्रको सुनुवाई भएको थियो । त्यसपछि ३ बजे बसेको बैठकमा अन्य प्रस्तावित राजदूतहरुको सुनुवाई भएको थियो । 

संसदीय सुनुवाई समितिबाट चारैजना राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदित

समितिका सभापति लक्ष्मणलाल कर्णले सबै प्रस्तावित राजदूतहरुको नाम सर्वसम्मत रुपमा अनुमोदन भएको जानकारी दिएका हुन् । समितिबाट अनुमोदित भएसँगै बंगलादेशका लागि डा. बंशीधर मिश्र, अस्ट्रेलियका लागि महेशराज दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा र कतारका लागि नारदनाथ भारद्वाज राजूदत हुने पक्कापक्की भएको छ ।


समितिमा सुनुवाईको क्रममा बंगलादेशका लागि प्रस्तवित राजदूत मिश्रले ब‌ंगलादेशसँगको विद्युत तथा उर्जा कनेक्टिभिटीलाई प्राथमिकता दिने बताउँदै आफ्ना योजनाहरु सुनाएका थिए । समितिका ९ जना सदस्यहरुले सुनुवाईका क्रममा मिश्रलाई प्रश्न गरेका थिए । धेरै जसो प्रश्नहरु सुझावसँग सम्बन्धित थिए ।


समितिमा राजदूत सिफारिस प्रक्रिया समावेशी नभएको भन्दै उजूरी परेको थियो भने अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालको विरुद्ध पनि उजूरी परेको थियो ।


अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालले श्रीमतीसँग अमेरिकाको ग्रीन कार्ड रहेको आरोपको खण्डन गर्दै उनीसँग वर्कपर्मिट मात्रै रहेको र त्यो पनि सेप्टेम्बरमा सकिने बताएका थिए ।



प्रकाशित : असार २३, २०७६ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?