कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द समूहद्वारा वडा कार्यालयमा आगजनी

बर्दिया — नेत्र विक्रम चन्द समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगलागी गरेको छ । सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । उनीहरुले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।

चन्द समूहद्वारा वडा कार्यालयमा आगजनी

आगो निभाउन जाने क्रममा इलाका प्रहरी कार्यालय पाताभार प्रहरी निरिक्षक खेमबहादुर मल्ल गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा छत ढलेर लाग्दा उनी गम्भीर घाइते भएका हुन् । उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरी नयाब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।


डीएसपी महराका अनुसार घटनास्थलमा चन्द निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको डीएसपी महराले जानकारी दिए । घटनास्थल सदरमुकाम गुलरियाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ ।

प्रकाशित : असार २४, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?