कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्न माग

सहमति नजुटेपछि संसद बैठक स्थगित
दिनेश रेग्मी

काठमाडौँ — सर्लाहीका दुई घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्न प्रतिपक्षी दलहरुले माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस र राजपाले गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्त नबुझेको भन्दै छानबिन समिति गठन गर्न माग गरेका हुन् ।

सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्न माग

सर्लाहीमा प्रहरीको गोलीबाट चन्द नेतृत्वको नेकपा सम्बद्ध कुमार पौडेलको प्रहरी इन्काउन्टरमा मृत्यु भएको थियो भने पानीको खाडलमा परेर १२ वर्षिय अमित रायको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनका क्रममा सरोजनारायण महतोको प्रहरीको गोली लागी मृत्यु भएको थियो । उक्त दुवै घटनामा गृह मन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै प्रतिपक्षीले सदन अवरुद्ध गरेका हुन् । थापाले प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै कुमार पौडेलको मुडभेडमा र महतोको सडक अवरोध खुलाउने क्रममा मृत्यु भएको बताएका थिए ।


बैठकमा प्रतिपक्षी सांसदहरूले छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख कृष्णबहादुर महराले दलहरुसँग परामर्श गर्ने भन्दै सदन १५ मीनेटको लागि स्थगित गरेका थिए । दलहरु बीच डेढ घन्टा लामो छलफलका क्रममा समेत सहमति नजुटेपछि प्रनिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।


कांग्रेसका प्रमुख सचेतका बालकृष्ण खाँणले छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले संसद अवरोध गर्ने बताएका छन् । ‘सत्तारुढ दल सकारात्मक नभएकोले आज छानबिन समिति गठन हुन सकेन,’ उनले संचारकर्मीहरूलाई भने, ‘छानबिन समिति गठन नभएसम्म संसद अवरोध गर्छौं ।’


प्रकाशित : असार २४, २०७६ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?