कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, जिल्ला इञ्चार्जको मृत्यु

जनकराज सापकाेटा

काठमाडौँ — भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र नेत्रविक्रम चन्द समूहबीच दोहोरो भिडन्त हुँदा एक कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा चन्द समूहका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । 

भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, जिल्ला इञ्चार्जको मृत्यु

यस्तै उक्त घटनामा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ । प्रहरी स्रोतले उनको मृत्यु भएको पुष्टि गरेपनि प्रहरीले आधिकारिक रुपमा घोषणा गरेको छैन ।


प्रहरीले चन्द समूहको कार्यकर्ताको साथबाट एक थान लोडेड पेस्तोल समेत बरामद गरेको छ ।

प्रकाशित : असार २५, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?