कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

धनुषामा बालिकाको सामूहिक बलात्कार, दुई पक्राउ

सन्तोष सिंह

जनकपुर — धनुषाको सबैला नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

धनुषामा बालिकाको सामूहिक बलात्कार, दुई पक्राउ

सबैला नगरपालिका–८ की १४ वर्षीया बालिकालाई मंगलबार राति बलात्कार गरेको आरोपमा स्थानीय ३० वर्षीय मविक राइन र ३६ वर्षीय मजिबुल राइनलाई इलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । मंगलबार राति १० बजे पानी कलमा आएकी बालिकालाई दुबै जनाले जबर्जस्ती नियन्त्रणमा लिएर बलात्कार गरेको कार्कीले बताए ।


उनीहरुले बालिकालाई नियन्त्रणमा लिएर मोटरसाइकलमा राखेर घरबाट १ किलोमिटर पर लगेर बलात्कार गरेकाे प्रहरीले बताएकाे छ । 'आरोपी दुवैजनालाई बुधबार दिउँसो पक्राउ गरीएको हो, कार्कीले भने, ‘मंगलबार राति भएको घटनाको बुधबार दिउँसो मात्रै प्रहरीमा उजुरी आयो । पीडितको उजुरी लगतै बालिका र बलात्कार गर्ने दुवैको स्वास्थ्य परिक्षण गरीएको छ ।’


पक्राउ परेका दुवैजनालाई धनुषा जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दमा म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : असार २५, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?