१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कैलालीको डुबानग्रस्त क्षेत्रमा उच्च सतर्कता 

निरन्तरको वर्षाले कर्णाली सहित स्थानीय ठूला नदीमा जलस्तर खतराको नजिक 
मोहन बुढाऐर

धनगढी — दुई दिनदेखिको निरन्तर चुरेबाट उत्पन्न नदी र कर्णाली नदीमा जलस्तर बढेको छ । प्रभावित क्षेत्रलाई उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनले उर्दी जारी गरेको छ । चुरेबाट उत्पन्न भएका  मोहना , कान्घ्रा काडा , खुटिया नदीले कैलालीको दक्षिणी-पूर्वी क्षेत्र डुबानमा पर्ने गरेको छ ।  जिल्लाको पश्चिम-पूर्व भएर बग्ने मोहना नदी कर्णालीमा मिसिने गरेको छ । 

कैलालीको डुबानग्रस्त क्षेत्रमा उच्च सतर्कता 

मोहना नदीले गोदावरीदेखि धनगढी उपमहानगरपालिकाको केही वडालाई समेत प्रभावित गर्दै कैलारी र भजनी नगरपालिको अधिकांश क्षेत्रलाई डुबानमा पार्ने गरेको छ । मोहना नदीको जलस्तर बिहानसम्म १ दशमलव ५ पुगेको छ । तीन दशमलव ५ मा पुगेपछि खतरा बस्ती प्रभावित हुने गरेको छ ।


जिल्लाको मध्यवर्ती क्षेत्रलाई कान्ध्रा, काडा, खुटिया, गौरीगंगा लगायतका नदीमा आएको बाढीले प्रभावित पार्ने गरेको छ । उक्त स्थानीय नदीमा पनि जलस्तर बढ्दै गएको छ । खुटियाको २ दशमलव ५ पुगेको छ । यो नदीमा पनि ३ दशमलव ५ जलस्तर पुगेपछि खतराको घण्टी बज्ने गरेको छ ।


कर्णाली नदीमा अहिले ६ दशमलव ७ जलस्तर मापन भएको छ । १० दशमलव ५ पुगेपछि यसले जिल्लाको पूर्वी क्षेत्र लम्कीदेखी टीकापुर नगरपालिका डुबानमा पर्ने डर हुन्छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारी वर्षाको सम्भावनालाई मध्यनजर गरेर प्रभावित हुन सक्ने क्षेत्रमा उच्च सर्तकता अपनाउन सूचना जारी गरिएको बताए । उद्धारका लागि सुरक्षाकर्मीहरुलाई तैनाथ राखेको बताए । उनले पूर्व सूचना प्रणालीमा पनि लागू भएकोले जोखिम हुने बताए ।


बाढी प्रभावित क्षेत्र भजनी लालबोझीका सुखीराम चौधरीले वर्षा नरोकिएकोले बाढीको चिन्ता बढेको बताए । ‘बाढीको डरले गर्दा रातमा निद र दिनमा चैन छैन कुन बेला मोहना र कान्ध्रामा बाढी आउँछ घर खेत बगाउँछ भन्ने हो,’ चौधरीले भने । उनले राति तीनपटक नदी हेर्न टर्च बालेर आउनु परेको बताए । बिगतमा नतदीमा अचनाक आएको बाढीले ठूलोधन जनको क्षतिको त्रासदी उनका कायम छ ।


उनका अनुसार २०६४ र ०६६को बाढीले लालबोझी क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । मोहना र कान्ध्रा नदीको टापु लालबोझीबाट सयौं परिवारलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । उक्त नदीमा आउने बाढीले हरेक वर्ष घरखेत डुबानमा पारेर क्षति गर्दै आएको छ ।


त्यस्तै टीकापुर ७ ढुंगना टोलका भोजराज जोशीले अधिक वर्षाले ल्याउने बिपत्तीको समाना कैलालीको दक्षिण भेगका बासिन्दा सामाना गर्दै आएको बताए ।


यसैबीच दुई दिनको वर्षाले धनगढी बजार क्षेत्रको केही क्षेत्र जलमग्न भएका छन् । उपमहानगरपालिका धनगढीले ढलनालीको व्यवस्था नगर्दा नगरवासीले पानीले निकास नपाएर सडकमा आउने गरेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित : असार २६, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?