कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कांग्रेसलाई मन्त्री बाँस्कोटाको प्रश्न -'के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो ?'

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिंसाप्रति नेपाली कांग्रेसको दृष्टिकोण के हो भन्दै प्रश्न गरका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले हिंसा भइरहेकोप्रति कांग्रेसले नदेखेझै गरेर एकोहोरो सरकारलाई खेदेको आरोप लगाए ।

कांग्रेसलाई मन्त्री बाँस्कोटाको प्रश्न -'के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो ?'

उनले भने, 'हिंसाको बारेमा नेपाली कांग्रेसको दृष्टिकोण प्रष्ट हुदैन कांग्रेसको नीति के ? नेत्रविक्रम चन्दजीहरुले गरेको हिंसा एकदमै अवैध हो कि हिंसा बन्द गरिनुपर्छ । कांग्रेसको आँखाले के ठहर गर्छ आउनुपरो । '


उनले हिंसा गर्ने चन्द समूह र हिंसा नगर भन्ने सरकारालई हेर्ने एउटै नजर भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने बताए । उनले हिंसाका बारेमा कांग्रेसको दृष्टिकोण प्रष्ट नभएको बताए । मन्त्री बाँस्कोटाले भने, ' यदि दुवैलाई एकघानमा हाल्ने हो भने के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो ?'

'शान्तिपूर्ण रुपमा राजनीति र आन्दोलन गर्न सबैलाई दिएको बताए । जबरजस्ती हिंसा हत्या,लुटपाट प्रयास गरेर अस्थिरता गराउने कुरामा कांग्रेसले बेलैमा स्पष्ट हुनुपर्छ,' मन्त्री बाँस्कोटाले भने ।

प्रकाशित : असार २६, २०७६ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?