१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सर्लाही घटनाका मृतक परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय 

काठमाडौँ — सरकारले सर्लाही घटनाका मृतक सारेजनारायण सिंहको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

सर्लाही घटनाका मृतक परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय 

यस्तै सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुको सरकारी अस्पतालमा उपचार गराएको खर्चको प्रमाणित बील बापत्को रकम समेत उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।


यस्तै ऐतिहासिक बागदराबरको संरक्षण सम्बन्धमा सर्वोच्च अदालतको आदेश अनुसार दरबारको वास्तुकला,प्रविधि, वास्तुकृति र स्वरुपको मौलिकतालाई कायम राखी पुनर्निर्माण, पुनर्स्थापनाको विषयमा अध्ययन र विश्लेषण गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय समेत गरेको छ ।


यस्तै,सरकारले विद्युतीय बस खरिद गर्न स्वकृति समेत दिएको छ भने राष्ट्रिय वातवरण नीति २०७६ लाई स्वीकृति दिएको छ ।


यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु:




प्रकाशित : असार २६, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?