कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घूस सहित रंगेहात पक्राउ

कृष्ण ज्ञवाली

काठमाडौँ — धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले उनी र डा.रामहरी रौनियारलाई ८ लाख घूस सहित पक्राउ गरेको हो ।

वीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घूस सहित रंगेहात पक्राउ

प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत घूस बुझ्ने क्रममा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो । डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ । उनी रौनियारका नातेदार समेत रहेको अख्तियार स्रोतले बतायो ।

धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको अख्तियार स्रोतको भनाई छ ।

उनीमाथि छानबिन भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति:

प्रेस विज्ञप्ति :- मिति २०७६।०३।२६ गते

----------------------------------------------------

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुस रकम सहित नियन्त्रणमा

----------------------------------------------------

वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरु प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई सेवाग्राहीसँग रू.८,००,०००।– (आठ लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसर स्थित निज उपकुलपतिको निवास, धरानबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


प्रदीपकुमार कोइराला

प्रवक्ता

प्रकाशित : असार २६, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?