कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बाढीले बाटो छेकिएपछि दुई दिनदेखि हजारौं यात्रु अलपत्र

कुम्भराज राई

ओखलढुंगा — दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका-६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

बाढीले बाटो छेकिएपछि दुई दिनदेखि हजारौं यात्रु अलपत्र

त्यसैगरी उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।


अधिकांश यात्रुहरु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने र जाने छन् । घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँ समेत नभएको सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेका एक यात्रु चतुर राईले टेलिफोनमा बताए । उनले खाना समेत पाइन छोडेको बताए ।


दुईदिन सम्म बाटोमा छेकिादा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । बाटो खोल्नका लागि स्काभेटर ल्याउन अनुरोध गरेपनि कुनै निकायले नसुनेको गुनासो यात्रुहरुको छ ।




तस्बिर सौजन्यः चतुर राई

प्रकाशित : असार २७, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?