कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान धावनमार्गबाट चिप्लियो, २ जना घाइते [अपडेट]

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ ।
नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको बताइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा 'डेल्टा' नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो ।

त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान धावनमार्गबाट चिप्लियो, २ जना घाइते [अपडेट]

जहाज चिप्लिएको स्थान गत वर्ष विमान बंगलादेश दुर्घटना भएको स्थानबाट लगभग १०० मिटर नजिको रहेको छ ।

विमानमा सवार यात्रुहरुमध्ये २ जना घाइते भएको बताइएको छ । उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ ।

विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले आपतकालिन संयन्त्रलाई सुचारु गरेर उद्धार कार्य भइरहेको छ । रनवेमा दमकल तथा एम्बुलेन्स पुगेका छन् ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जहाजको दाइने प्रोपेलर (पंखा) मा केही क्षति पुगेको बताए ।

निरन्तरत वर्षा भइरहेकाले जहाजलाई निकाल्न ग्राहो भइरहेको छ । उनले जहाज चिप्लिँदा सवार यात्रुमध्ये एकजना बिरामी रहेको र थप दुईजना यात्रु घाइते हुन पुगेको जानकारी दिए । उनीहरुलाई एम्बुलेन्समा केएमसी लगिएको र हाल अवस्था सामन्य भएको एयरलाइन्सले आफूलाई जनाकारी दिएको क्षत्रीले बताए ।

विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । जसका कारण हालसम्म ९ वटा अन्तर्राष्ट्रिय विमानको अवतरण स्थगन गरिएको छ भने । उडान भर्नुपर्ने १० विमानको उडान पनि स्थगित भएको छ ।

तस्बिर: अंगद ढकाल

प्रकाशित : असार २७, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?