कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थलद्वारा ७ बजेसम्मका लागि नोटाम जारी, उडान र अवतरण प्रभावित [अपडेट]

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन विमानस्थल ७ बजेसम्मका लागि बन्द गरिएको छ । शुक्रबार बिहान यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) ले जनाएका छन् ।

विमानस्थलद्वारा ७ बजेसम्मका लागि नोटाम जारी, उडान र अवतरण प्रभावित [अपडेट]

सुरुमा साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । त्यसपछि पनि चिप्लिएको विमान निकाल्न केही समय लाग्ने भएपछि सवा २ बजेसम्म नोटामको समय थप गरिएको थियो। सवा २ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि ३ बजेसम्मलाई नोटामको समय थप गरिएको थियो । ३ बजेसम्म पनि जहाज निकाल्न नसकिएपछि ५ बजेबाट ७ बजेसम्मलाई नोटाम अवधि सारिएको छ ।


चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ ।

यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ । अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ । यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेका छन् ।

विमानस्थलमा रहेका एक पाइलटले दिएको जानकारी अनुसार, यतीको एटीआर ११ बजेर ५ मिनेटमा अवतरण भएको थियो । अवतरण लगत्तै चिप्लिएपछि अन्य उडान अवरतण पनि रोकिएका थिए ।

काठमाडौं आउँदै गरेका नौ वटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् भने काठमाडौंबाट उडान हुनुपर्ने दशवटाको उडान स्थगन भएको छ ।


हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्‍को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ ।


विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन् ।


ती ड्युटी अफिसरका अनुसार चाइन एयर र सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन् । नेपाल एयरलाइन्सको दुबइबाट आएको जहाज दिल्ली डाइभर्ट गर्ने तयारी गरेको छ ।

प्रकाशित : असार २७, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?