कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले घरसहित बगाउँदा ३ बेपत्ता

विराटनगर — खोटाङको खोटेहाङ गाउँपालिका-२ बाप्लुखामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बिहान खसेको पहिरोले घरसहित बगाउँदा विष्णु राईकी श्रीमती, छोरा र छोरी बेपत्ता भएका हुन् । विष्णु घाइते भएको प्रहरीले जनाएको छ ।

झिसमिसेमै झरेको पहिरोले घरसहित चारैजनालाई बगाएको थियो । विष्णुलाई घाइते अवस्थामा आफन्त र गाउँलेले उद्धार गरेका थिए । बेपत्ता हुनेहरुको प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी भइरहेको छ ।

प्रकाशित : असार २७, २०७६ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?