लेदोले पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ — पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  मुग्लिन-नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि आज दिउँसो साढे १२ बजेदेखि सडक अवरुद्ध  भएको हो । 

लेदोले पृथ्वीराजमार्ग अवरुद्ध

डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ

प्रकाशित : असार २७, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?