कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४९ स्थानमा प्राकृतिक विपद्का घटना

जनकराज सापकाेटा

काठमाडौँ — लगातारको वर्षाले देशैभरी प्राकृतिक विपत्तिका श्रृंखलाहरु निम्तिएका छन् । प्रहरी प्रधान कार्यालले दिउँसो १ बजेर ४५ मिनेटसम्म देशैभरीबाट संकलन गरेको सूचना अनुसार देशका विभिन्न ४९ स्थानमा प्राकृतिक विपद्का घटना भएका छन् ।

४९ स्थानमा प्राकृतिक विपद्का घटना

प्रहरीका अनुसार देशका विभिन्न २० स्थानमा पहिरो गएको छ । पाल्पा, काठमाडौं, पाँचथर, मकवानपुर, खोटाङ , दोलखा, रामेछाप, तेह्रथुम लगायतका जिल्लाहरुमा साना तथा ठूला पहिरो गएका हुन् । त्यस्तै देशका विभिन्न १६ स्थामा बाढीको प्रकोप देखा परेको छ ।


प्रहरीका अनुसार सुनसरीको हरिनगर गाउँपालिका-५ को सुकसेना टोलका झण्डै ६० घर बाढीको जोखिममा परेका छन् । त्यस्तै महोत्तरीको सदरमुकाम जलेश्वस्थित कारागारभित्र बाढी पसेका कारण कैदी बन्दीहरु समस्यामा परेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा वर्षाका कारण उत्पन्न बाढीले सवारी अवरोध भएको छ ।


प्रहरीका अनुसार काठमाडौंको विभिन्न स्थानमा बाढी पसेर क्षति पुर्‍याएको छ । कीर्तिपुरस्थित सुकुम्बासी बस्तीका झण्डै ६ घरमा बाढीको पानी पसेको छ । त्यस्तै गुर्जुधारास्थित बुंगुर र्फाममा पानी पसेर प्रभावित भएको छ । त्यस्तै बिहान थानकोटको बाँडभन्ज्याङबाट मसिने जाने बाटो पहिरोका कारण एकतर्फी मात्रै सञ्चनालमा आएको थियो ।

प्रकाशित : असार २७, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?